फेरी बढ्यो सुनको मूल्य

  • 30
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । मंगलवार नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । स्थानिय बजारमा मंगलवार पहेँलो धातु सुनको भाउ रू. ६०० ले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू ९२ हजार २०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू.६०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू। ९१ हजार ७०० मा कारोबार भएको थियो । यस्तै, मंगलवार चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमवार प्रतितोला रू. एक हजार २३० मा कारोबार भएको चाँदी मंगलवार प्रतितोला रू. एक हजार २५० मा कारोबार भइरहेको छ । सोमवारको तुलनामा मंगलवार चाँदीको मूल्य रू. २० ले बढेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्