नेकपा र सूर्य चिह्न हामीले प्राप्त गर्छौंः नेम्वाङ

subash_newang_7
  • 754
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका नेता सुवास नेम्वाङले पार्टीको आधिकारिकता ओली समूहले प्राप्त गर्ने जिकिर गरेका छन्। पुस ५ गते नेकपा विभाजन भएपछि आधिकारिकता निरूपणको विषय निर्वाचन आयोगमा पुगेको छ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्षले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग समक्ष निवेदन दिएका छन्। आयोगले दुवै पक्षको प्रक्रिया नपुगेको भन्दै थप दाबी पनि मगाएको छ।

तर, नेम्वाङले ओली नेतृत्वको नेकपाले नै पाउने जिकिर गरेका हुन्। ‘हामी नै नेकपा हौं, सूर्य चिह्न हामीले पाउँछौं भन्नेमा हामी विश्वस्त छौं,’ उनले भने। मङ्गलवार प्रचण्ड-नेपालले आयोगका पदाधिकारीलाई भेटेर बिना आग्रह, पूर्वाग्रह दलसम्बन्धी ऐन र विधानका आधारमा विषय निरूपण गर्न सुझाव दिएका थिए।

ओली पक्ष आज गएर आयोगसमक्ष आफ्ना कुरा राख्ने र थप दाबी प्रस्तुत गर्ने तयारी गरिरहेको बताइएको छ। प्रचण्ड-नेपाल पक्षले ४३४ सदस्यीय केन्द्रीय कमिटीमा बहुमत आफ्नो पक्षमा रहेको जिकिर गरेको छ। ओली समूहले भने केन्द्रीय सदस्यको संख्या बढाएर १ हजार ५०१ पुर्‍याएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्