एकैदिन खोले २३ हजारले डिम्याट खाता

  • 788
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। पछिल्लो समय डिम्याट खाता खोल्ने सर्वसाधारण लगानीकर्ताको संख्या ह्वात्तै बढेको छ । यसैक्रममा सोमबार एकैदिन करिब २३ हजार जनाले डिम्याट खाता खोलेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको सोमबार (पुस २७ गते) सम्मको तथ्यांक अनुसार कुल २४ लाख ५१ हजार १७३ जनाले डिम्याट खाता खोलेका छन् । आइतबार पुस २६ गतेसम्म डिम्याट खाता खोल्नेको संख्या २४ लाख २८ हजार ३३४ जना थियो । यस तथ्याकका आधारमा एकै दिन २२ हजार ८३९ जना लगानीकर्ताले डिम्याट खाता खोलेको पुष्टि हुन्छ ।

सीडीएसका अनुसार पछिल्लो समय दैनिक औषत १० हजार जनाले डिम्याट खाता खोल्ने गरेका छन् । यसरी डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ह्वात्तै बढ्नुको मुख्य कारण भनेको दोस्रो बजारमा बढ्दो क्रममा रहेको सेयर भाउ नै हो । पछिल्लो समय आइपीओ खुला गरेर दोस्रो बजारमा सूचीकृत भएका प्रायः सबै कम्पनीको सेयरबाट लगानीकर्ताले राम्रो नाफा प्राप्त गरेका छन् ।

साथै, आइपीओमा लगानी गर्ने अवसर पनि वृद्धि हुँदै गएकाले पनि बखाता खोल्नेको संख्या बढेको हो । दोस्रो बजार सुधार हुँदै जाँदा प्राथमिक बजारमा पनि लगानीकर्ताको चाप वृद्धि हुने गर्छ । दिनप्रतिदिन दोस्रो बजारमा परिसूचकसँगै कारोबार रकममा पनि रेकार्ड ब्रेक हुँदै आएको छ । यसले पनि आम मानिसमा सेयर बजारप्रति आकर्षण बढेको जानकारहरु बताउँछन् । तथापि, एउटा व्यक्तिले २ वटासम्म डिम्याट खाता खोल्न पाउने व्यवस्था भएकाले पनि यो संख्या उच्च देखिएको हो ।

डिम्याट खाता कहाँ र कसरी खोल्ने?
डिम्याट खाता धितोपत्र बोर्डबाट निक्षेप सदस्यको कार्य गर्न अनुममति पत्र प्राप्त निक्षेप सदस्यता लिएका बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक र ब्रोकर कम्पनी मार्फत खोल्न सकिन्छ । सिडिएससिमा खाता खोल्ने प्रक्रिया पनि बैंकमा खाता खोल्ने प्रक्रिया जस्तै हो । जसरी बैंक खाता खोल्न विभिन्न कागजपत्र आवश्यक हुन्छ्न्, त्यसैगरी, डिम्याट खाता खोल्न पनि आवश्यक कागजातहरु पेश गरी खाता खोल्ने फाराम भरेर बुझाएपछि निक्षेप सदस्यले सिडिएस लिमिटेडको प्रणालीमा प्रविष्ट गर्दछ ।

उत्तm प्रविष्टिलाई सिडिएससिबाट सदर भएपश्चात डिम्याट खाता खुल्दछ र हितग्राहीलाई सदर गरेको पत्र प्राप्त भएपछि डिम्याट खाता खोल्ने प्रक्रिया पूरा हुन्छ । डिम्याट खाता खोलेपछि आफूसँग भएका वा खरिद गरेका सेयर यही खातामा जम्मा हुन्छ्न् । जसरी बैंक खातामा पैसा जम्मा गरिन्छ भने डिम्याट खातामा सेयर जम्मा गरिन्छ । डिम्याट खाता खोलेपछि हितग्राही अथवा लगानीकर्तालाई १६ अंकको डिम्याट खातानम्बर र चेक बुक अर्थात हस्तान्तरण निर्देशन पुर्जी दिइन्छ । सेयर खरिदबिक्री गर्दा डिम्याट खाता ब्रोकर कम्पनीलाई दिनुपर्ने हुन्छ । सेयर खरिद गरेपछि सेयर डिम्याट खातामा जम्मा हुन्छ भने सेयर बिक्री गर्दा चेक काटेर ब्रोकर कम्पनीलाई दिएपछि सेयर खाताबाट सेयर खरिदवालाको खातामा सेयर हस्तान्तरण भर्इ हाम्रो डिम्याट खाताबाट सेयर घट्दछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्