पक्राउ परे आरआर क्याम्पसका शिक्षक आचार्य

hatkadi-pakrau
  • 14
    Shares
लोकपाटी न्यूज

काठमाडौं। रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसको मानवशास्त्रका उपप्राध्यापक विष्णुप्रसाद आचार्य पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले आचार्यलाई त्यही अध्ययनरत एक छात्राको उजुरीका आधारमा पक्राउ गरेको हो।

फेसबुक म्यासेन्जरबाट छात्रालाई अश्लिल सन्देश पठाएको उजुरीपछि उनलाई नियन्त्रणमा लिइएको हो। परिसरका एसएसपी अशोक सिंहले भने, ‛फेसबुकमा अभद्र शब्द लेखेर आफ्नै विद्यार्थीलाई म्यासेज गरेको देखियो। त्यसैले थप अनुसन्धान गर्न नियन्त्रणमा लिएका हौं।

प्रहरीले उनीबिरुद्ध अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ। म्यासेन्जरबाट छात्रालाई अश्लिल शब्द प्रयोग गरेको भए साइबर क्राइम अन्तर्गत उनलाई कारवाही हुनेछ।

तीन वर्ष अघि २०७४ साउन १८ गते क्याम्पसमा छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा उनी पक्राउ परेका थिए। यसअघि पनि उनलाई अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको थियो। छात्रालाई कक्षा कोठामा नै यौन हिंसा गरेको आरोप उनीमाथि थियो।