ओली समूहका सुदूरपश्चिम अध्यक्ष थापाको गाडी तोडफोड

  • 1.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अछाममा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्णबहादुर थापाको गाडीमा तोडफोड भएको छ। थापा आमसभालाई सम्बोधन गर्न अछाममा पुगेका थिए। अनेरास्ववियुका युवा तथा विद्यार्थीले उनी चढेको गाडीमा तोडफोड गरेका हुन्।

राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियूका युवा तथा विद्यार्थीले थापा सवार प्रदेश ३ -०१ ०२३ च ७०६९ नम्बरको गाडीमा तोडफोड गरेका थिए। युवा संघका केन्द्रीय सदस्य दीपक कुँवरले असंवैधानिक कदम चालेका प्रधानमन्त्रीको पक्षमा जनता भड्काउन आउनेहरूलाई लखेटिने चेतावनी दिए।

समूहमा विभाजनपछि ओली समूह रावलमाथि आक्रामक रुपमा प्रस्तुत भइरहेका बेला थापा मंगलवार अछाम पुगेका हुन्। अछाम प्रहरी प्रमुख डीएसपी योगेन्द्र थापाले थापा चढेको गाडीमा ढुंगा लागेको बताए। ‘धेरै तोडफोड भएको होइन। दुई पक्षबीच झडप हुँदा जीपमा ठूलो ढुंगा लागेको हो। सिसा चर्किएको छ,’ उनले भने।

डीएसपी थापाले अहिले भने निर्वाध कार्यक्रम भइरहेको जानकारी दिए। ‘उहाँहरु आउँदाखेरी अलि असहज परिस्थिति सिर्जना भयो। अहिले स्थिति सामान्य छ,’ उनले भने। झडपपछि थापा दमाहा बजाउँदै आफ्नो समूहका कार्यकर्ताका साथ ब्यानर समातेर आमसभा स्थलतर्फ लागेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्