ओलीले जनादेशको अपमान गरेः निधि

Bimalendra_Nidhi
  • 294
    Shares
लोकपाटी न्यूज

जनकपुर। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद विघटन पछि जनतासँग दुई विकल्प बाँकी रहेको बताएका छन्। मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निधिले प्रतिनिधिसभा प्राप्तीका लागि पुनस्थापना वा निर्वाचन बाहेक विकल्प नरहेको स्पष्ट पारेका हुन्।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणााली सहितको व्यवस्था र संविधानको रक्षाका लागि प्रतिनिधिसभा आवश्यक रहेकाले सर्वोच्च अदालतको फैसला मान्नुपर्ने अवस्था नै उपयुक्त हुने बताए। उपसभापति निधिले भने, ‘देश, जनता, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली र संविधानका लागि प्रतिनिधिसभा प्राप्त गर्नु नै अपरिहार्य छ।’

उनले अघि भने, ‘सर्वोच्च अदालतद्वारा संसद पुनस्थापना र निर्वाचनद्वारा प्रतिनिधिसभाको स्थापना बाहेक अन्य कुनै विकल्प छैन। यी दुवै विकल्प संवैधानिक हुन्। अहिलेको परिस्थितिमा दुबै विकल्पका लागि जनता र राजनीतिक दलहरु तयार छन्।’

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको जनादेश एवं मतको अपमान गरेको उनले बताए। उनले काँग्रेसको एजेण्डा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र यसको सुरक्षा नै रहेको दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्