परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण तालिका सार्वजनिक

Pradeep_gyawali
  • 37
    Shares
लोकपाटी न्यूज

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तीन दिने भारत भ्रमणमा जाने भएका छन्। उनी माघ १ गते भारत जानेछन्। नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवालीले भारत जान लागेका हुन्।

परराष्ट्र मन्त्रालयले ज्ञवालीको माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ। मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार नयाँ दिल्लीमा भएको छैटौ संयुक्त आयोगमा नेपाल-भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन, ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ।

दिल्लीमा भ्रमणका दौरान ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। उक्त भ्रमणको दौरान मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्च तहका पदाधिकारीहरुको सहभागिता रहने छ। ज्ञवाली माघ ३ मा नेपाल फर्कने कार्यक्रम रहेको छ।