परराष्ट्रमन्त्रीको भारत भ्रमणको तालिका सार्वजनिक

pradip gyawali pic
  • 9
    Shares
लाेकपाटी न्यूज

काठमाडौँ। नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले माघ १ देखि ३ गतेसम्म भारत भ्रमण गर्ने तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्ती अनुसार नयाँ दिल्लीमा भएको छैटौ संयुक्त आयोगमा नेपाल–भारतको द्विपक्षीय सम्बन्धहरु व्यापार, पारवहन,ऊर्जा, सीमा, कोरोना भाइरसमा सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन, संस्कृति लगायत विषयमा छलफल हुनेछ ।

दिल्लीमा भ्रमणका दौरान ज्ञवालीले भारतका उच्च तहका प्रतिनिधिहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उक्त भ्रमणको दौरान मन्त्री ज्ञवालीसहित परराष्ट्र सचिव, स्वास्थ्य सचिव र अन्य उच्च तहका पदाधिकारीहरुको सहभागिता रहने छ । ज्ञवाली माघ ३ मा नेपाल फर्कने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्