नेपाल विज्ञापन संघमा नयाँ नेतृत्व

group picture AAN
  • 4
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल विज्ञापन संघको २१ औं वार्षिक साधारण सभा शनिबार एभरेष्ट होटेल काठमाडौंमा अध्यक्ष रबिन्द्र कुमार रिजाल “शशि”को अध्यक्षता, सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उक्त कार्यक्रममा उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, संघका पूर्वअध्यक्षहरु तथा पदाधिकारीहरु, विज्ञापन बोर्डका प्रतिनिधिहरु उपस्थित थिए।

मन्त्री पार्वत गुरुङ, कार्यक्रममा भाष्करराज राजकर्णिकार, उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा लगायतले बोलेका थिए। कार्यक्रममा विज्ञापन संघका पदाधिकारीहरुले विज्ञापन बोर्डमा यथाशक्य संघको प्रतिनिधित्व गराउन मन्त्री गुरुङलाई ध्यानाकर्षण गराएका थिए।

सभाले संघको १० औं कार्यसमितिको चयन गरेको छ । संघको अध्यक्षमा सोमप्रसाद धिताल, बरिष्ठ उपाध्यक्षमा नारायण कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष सुदिप थापा, द्वितीय उपाध्यक्ष पिताम्बर पोख्रेल “विजय”, महासचिव कृष्णप्रसाद घिमिरे, कोषाध्यक्ष पंकजलाल प्रधान, सचिव सन्तोष खड्का, सह–कोषाध्यक्ष जीवन पोख्रेल, सदस्यहरुमा साजन श्रेष्ठ, विशाल पुरुष ढकाल, अरुणकाजी स्थापित, दिनेश पोख्रेल, कृष्णमुरारी लामिछाने, विधान राजभण्डारी रहेका छन्।

सदस्य पदमा १५ जना प्रत्यासी र वरिष्ठ उपाध्यक्ष, द्वितिय उपाध्यक्ष, महासचिव तथा सचिव पदमा २÷२ जना प्रत्यासी थिए। संघको विधानअनुसार वरिष्ठ उपाध्यक्षले वर्तमान कार्यसमितिको “एस भोट”बाट आगामी कार्यकालका लागि स्वतः अध्यक्ष रहने प्रावधान छ। संघमा आवद्ध सम्पूर्ण सदस्यले मतदान गरेका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्