काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आजपनि देशका विभिन्न भागमा मौसम बदली रहने जनाएको छ। विभागका अनुसार हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि आज बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाले आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका केही भूभागमा हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ।
आज राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेशको तराईका भूभागमा आंशिक बदली साथै देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।