ग्रीन डेभलपमेण्टको लाभांश वितरण प्रस्ताव

  • 28
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकले ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले ४ दशमलव ८४ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश गरेर कुल ५ दशमलव १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश पाउनेछन् । कम्पनीको पुस २८ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्