बुधवार काठमाडौंमा नेकपाको बृहत् कार्यकर्ता भेला

Prachanda_Nepal
  • 135
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा बृहत् कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ। बुधवार दिउँसो नेपाल प्रज्ञाप्रतिष्ठानमा बृहत् नेकपाले कार्यकर्ता भेलाको आयोजना गरेको हो।

आज काठमाडौं जिल्ला कमिटीले काठमाडौंमा आयोजना गर्न लागेको बृहत् कार्यकर्ता भेलालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेकपाले हिजो गण्डकी प्रदेशमा कार्यकर्ता भेला गरेको थियो।

संसद् विघटन विरुद्ध नेकपाले देशभर विभिन्न कार्यक्रम गर्दै आएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै विभाजित नेकपा प्रचण्ड-नेपाल पक्ष अहिले संसद् विघटन विरुद्ध संघर्षरत छ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि प्रचण्ड-नेपाल र ओली पक्षले छुट्टाछुट्टै भेला गरिरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्