ट्रम्पको युट्युब च्यानल पनि बन्द

Donald_Trump
  • 12
    Shares
लोकपाटी न्यूज

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानल एक हप्ताका लागि बन्द गरेको छ। यसअघि सामाजिक सञ्जाल फेसबुक, ट्वीटरले पनि ट्रम्पको खाता बन्द बन्द गरिसकेको छ। गएको हप्ता अमेरिकी संसद बाहिर ट्रम्पका समर्थकले हिंसा भड्काएको भिडियो पोस्ट गरेपछि युट्युबले ट्रम्पको च्यानल अस्थायी रुपमा बन्द गरेको हो।

ट्रम्पले सो भिडियो फेसबुक, ट्वीटरसँगै युट्युबमा पनि पोस्ट गरेका थिए। सो भिडियोले हिंसालाई प्रोत्साहन गरेको भन्दै युट्युबले हटाईदिएको छ। राष्ट्रपति पदमा बसेर हिंसालाई प्रोत्साहन गरेको भन्दै युट्युबले भिडियो हटाउनुका साथै एक हप्ताका लागि च्यानल बन्द गरेको सीएनएनले जनाएको छ। सो भिडियो फेसबुक र ट्वीटरले यसअघि नै हटाएर ट्रम्पको खाता नै बन्द गरिदिएका छन्।

युट्युबको नियममा हिंसालाई प्रोत्साहन गर्ने खालका भिडियो पहिलोपटक पोस्ट गरेमा एक हप्ता, त्यो गल्ती दोहोर्‍याएमा दुई हप्ता र तेस्रो पटक पनि सोही प्रकृतिका भिडियो पोस्ट गरेमा स्थायी रुपमै च्यानल बन्द गर्ने व्यवस्था छ। सामाजिक सञ्जाल ट्वीटरकै प्रयोगबाट चर्चित बनेर चार बर्षअघि राष्ट्रपतिको चुनाव जितेका ट्रम्प अहिले हिंसा प्रोत्साहन गर्ने अभिव्यक्तिका कारण सामाजिक सञ्जाल विहिन भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्