राष्ट्रिय वाणिज्य बैंकले लाभांश बाँड्दै, चुक्ता पुँजी ३१ करोड रुपैयाँले वृद्धि

Rastriya Banijya Bank
  • 18
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सात प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

‘बैंक सञ्चालक समितिले साढे तीन प्रतिशत नगदका साथै अर्को साढे तीन प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ,’ प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भने।

बैंकले गत वर्षबाट लाभांश वितरण गर्ने थालेको हो। अघिल्लो वर्षको नाफाबाट बैंकले पोहोर सरकारलाई चुक्ता पुँजीको १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। सरकारले एक अर्ब ८ करोड रुपैयाँ पाएको थियो।

यसपाली बैंकबाट सरकारले ३१ करोड रुपैयाँ नगद पाउने छ भने ३१ करोड रुपैयाँको सेयर पाउने छ। सेयर वितरणपछि बैंकको चुक्ता पुँजी बढ्ने छ। अहिले चुक्ता पुँजी ९ अर्ब ४७ लाख रुपैयाँ छ। अब पुँजी ९ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ।

बैंकमा अधिकांश सेयर सरकारको छ। एनआइडीसी विकास बैंक गाभ्दा त्यहाँ रहेका सर्वसाधारणको सेयर ०।०३ प्रतिशत छ। यी सेयरधनीले पनि बोनस सेयर पाउने छन्।

बैंकको लाभांश वितरण क्षमता ७० करोड रुपैयाँ थियो। राष्ट्र बैंकले नगद लभांशमा कडाइ गरेपछि सरकारले पनि क्षमता अनुसारको नगद नपाएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्