आज एकैदिन ३१ कम्पनीको साधारण सभा

  • 45
    Shares
लाेकपाटी न्यूज

आज नेप्सेमा सूचीकृत ३१ कम्पनीले साधारण सभा बोलाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन आठवटा वाणिज्य बैंक, दुई विकास बैंक, ८ लघुवित्त, सात फाइनान्स, दुई हाइड्रोपावर कम्पनी सहित हिमालयन डिस्टिलरी पुनर्बीमा कम्पनी, सोल्टी होटल र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले साधारण सभा बोलाएका हुन् ।

आज साधारण सभा बोलाएका मध्य २२ कम्पनी मात्र लाभांश वितरण प्रस्ताव पारित गर्ने छन् । बुधबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएका ३१ कम्पनीले एकैदिन सभा आह्वान गरेका हुन्। आज सभा बोलाएका मध्य ग्लोबल आइएमइ बैंकले १६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

त्यस्तै, एनएमबी बैंकले १६ प्रतिशत, नेपाल बैंकले १६, नबिल बैंकले ३५.२६, प्राइमले १५, मेगाले १३.५, कृषि विकासले १५.७८, सेन्चुरी बैंकले ७ प्रतिशत, कामना सेवाले ४.६३, शाइन रेशुङगाले १३, छिमेक लघुवित्तले २९ प्रतिशत, ग्लोवल आइ एमइ लघुवित्तले २८.९२, लक्ष्मी लघुवित्तले, २३.१६, साधना लघुवित्तले १९, बिजय लघुवित्तले २०, स्पर्सले २०.०३ प्रतिशत, आइ सि एफ सि फाइन्यान्सले १५ प्रतिशत, मन्जुश्री फाइन्यान्सले २३.५०, श्रि फाइन्यान्सले १०.५३, पोखरा फाइन्यान्सले ५.२६, गुड ह्वील फाइन्यान्सले १६ प्रतिशत र सबै भन्दा धेरै हिमालयन डिस्टिलरीले १०० प्रतिशत लाभांश वितरण गर्दैछ ।

त्यस्तै, बाँकी रहेको १० कम्पनीहरुले लाभांश प्रस्ताव बाहेकका अन्य विषयमा छलफल गर्न आज सभा बोलाएका छन् ।

सूचीकृत कम्पनीहरुले क दोस्रो त्रैमास अर्थात् पुस मसान्तभित्रै साधारणसभा सक्नुपर्ने हुन्छ। जस कारण आज चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन सभा बोलाएका हुन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्