ओलीको राष्ट्रवाद क्षणभरमै नांगियोः गुरुङ

  • 6.4K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका नेता धनराज गुरुङले प्रधानमन्त्री केपी ओलीको राष्ट्रवाद क्षणभरमै नांगिएको बताएका छन्। सगरमाथामा भारतले दावी गर्नुपर्छ भन्ने भारतीय पत्रकारको अभिव्यक्तिले प्रधानमन्त्री ओलीको राष्ट्रवादलाई फेरि नंग्याएको बताएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका जी न्युजका प्रधान सम्पादक सुधीर चौधरी सहितको टोलीले सरगरमाथि क्षेत्रमा पुगेर सगरमाथामा भारतले दावी गर्नुपर्ने बताएपछि नेता गुरुङले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएका हुन्।

उनले आफूलाई राष्ट्रिवादी भन्ने प्रधानमन्त्री ओली भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयललाई मध्यरातमा बालुवाटारमा भेट गरेर नांगिएका ओलीलाई त्यसको केही समयमै भारतको एउटा सञ्चारमाध्यमले नंग्याएको बताएका हुन्।

बुधबार गुरुङले लेखेका छन्, ‘गोयलले प्रम ओलीको राष्ट्रवादको वस्त्र दिल्ली पुर्‍याएपछि निर्वस्त्र बनेका ओलीले दिल्लीले फिर्ता पठाएको वस्त्र लगाएर जी न्युजलाई अन्तरवार्ता दिए। तर, ओलीले कालापत्थर पुर्‍याएको जी न्युज टिमले ‘सगरमाथामाथि भारतले दावी गर्नुपर्छ’ भनेपछि ओलीको राष्ट्रवादको वस्त्र छिनभरमै च्यातियो।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्