संसद विघटन ओलीको मूर्ख्याइँ होः मोहन वैद्य

Mohan Baidya
  • 176
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री केपी ओलीको मूर्ख्याइँले प्रतिनिधिसभा विघटन भएको बताएका छन्। प्रधानमन्त्रीको असफलता, अक्षमता तथा मूर्ख्याइँले प्रतिनिधिसभा विघटन भएको उनले बताएका हुन् ।

उनले चुनाव भए पनि त्यसले कुनै अर्थ नराख्ने बताए। संघीय गणतन्त्रको स्थापना नभएसम्म देशमा समृद्धि नआउने उनको तर्क थियो। उनले संघीय गणतन्त्रका लागि अब आफ्नो पार्टीले आन्दोलन सुरु गर्नेसमेत उद्घोष गरे। दुईतिहाइनजिकको सरकारले जनतालाई अँध्यारोमा धकेलेका कारण समृद्ध नेपाल बनाउन यो सरकार असफल भएको वैद्यको तर्क थियो।

नेता वैद्यले पुष्पकमल दाहाल प्रचण्ड पनि राजनीतिमा असफल भएको आरोप लगाए। उनले १० वर्षे जनयुद्धको म्यान्डेट नयाँ जनवादी राज्य सञ्चालन भए पनि प्रचण्ड लोकतान्त्रिक गणतन्त्रमा लागेको उनको आरोप छ। प्रचण्ड क्रान्ति र संसदीय दुवै राजनीतिमा असफल भएको उनको भनाइ थियो। १० वर्षे जनयुद्धपछिको राजनीतिक असफलताको जिम्मा प्रचण्डले लिनुपर्ने उनको तर्क थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्