विवेकशील साझाले गठन गर्‍यो राजनीतिक संवाद समिति

Bibekshil sajha party
  • 21
    Shares
लोकपाटी न्यूज

काठमाडौं। विवेकशील साझा पार्टीले अन्य राजनीतिक दलसँग एकता गर्नका लागि केशव दाहालको संयोजकत्वमा राजनीतिक संवाद समिति गठन गरेको छ। साझा विभिन्न पार्टी, समूह, अभियान र व्यक्तिहरूसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण र वार्ता गर्नका लागि राजनीतिक संवाद समिति गठन गरेको हो।

राजनीतिक संवाद समितिमा रमेश पौड्याल, समिक्षा बास्कोटा, अनुपमान सैँजु, रञ्जु दर्शना र पुकार बम सदस्य छन्। मंगलबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश रूपान्तरणको लक्ष्य हासिल गर्न पार्टीको आकार र सामर्थ्यमा व्यापक वृद्धि गर्नुपर्ने निष्कर्षका साथ राजनीतिक संवाद समिति गठन गरेको पार्टीका प्रवक्ता शरदराज पाठकले जानकारी दिए।

राजनीतिक संवाद समितिका संयोजक दाहालले समितिले आफ्नो तर्फबाट लिने अग्रसरताको बाहेक विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न पनि आग्रह गरेका छन्। राजनीतिक संवाद समितिका संयोजक दाहालले विवेकशील साझा पार्टीसँग मिलेर अघि बढ्न चाहने पार्टी, समूह, अभियान र व्यक्तिहरूलाई समितिसँग सम्पर्क गर्न आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्