काठमाडौं। नेकपाका अध्यक्ष प्रचण्डले पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। बुधबार काठमाडौमा बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो चुनौति दिएका हुन्।
संसद बिघटन गर्दा प्रधानमन्त्री ओलीले पार्टीले घेराबन्दी र्गयो, काम गर्न दिएन भनेर दाबी गर्दै आएका थिए। प्रचण्डले भने, ‛ओलीजीलाई मेरो चुनौती छ, पार्टीले काम गर्न नदिएको एउटा प्रमाण दिनुस्। कुन काममा भाँजो हाल्यो ?’
प्रचढडले पार्टीले यसो गरौं भन्दा त्यसविपरीत ओली चलेको आरोप लगाए। देश कोरोना महामारीमा रहेका बेला सबैलाई समेटेर संयन्त्र बनाउँ भन्दा आफूलाई व्यंग्य गर्दै हिँडेको उनले स्मरण गरे।