४४१ काे बहुमत जाेसँग छ, नेकपा र चुनाव चिन्ह उसैले पाउँछ : पूर्वप्रमुख निर्वाचन आयुक्त उप्रेती

nilkantha_upreti_ pic
  • 3.7K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आयोगलाई उपलब्ध गराइएको केन्द्रीय सदस्य र पदाधिकारीको बहुमतका आधारमा नेपाल कम्युनिस्ट पार्टी  (नेकपा) को वैधानिकता निक्र्यौल हुने बताएका छन्।

उप्रेतीले हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा गर्दै आफ्नो आधिकारिक परिचय पत्रसहित आएका केन्द्रीय सदस्यको बहुमत जता छ उसैले नेकपाको नाम, चुनाव चिन्ह र झण्डा पाउने कानूनी प्रक्रिया र यसअघिको प्रचलन रहेको बताएका हुन्।

नेकपाका दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरेर नहुने भन्दै उप्रेतिले निर्वाचन आयोगमा दर्ता गराइएको विवरणमा ४ सय ४१ केन्द्रीय सदस्य रहेको र त्यसैको बहुमत जोसँग छ उही आधिकारिक हुने बताएका थिए।

प्रचण्ड–नेपाल पक्षले विधान अनुसार ४ सय ४१ जना केन्द्रीय सदस्यमध्ये आफूहरुको पक्षमा २ सय ९५ रहेको दावी गरेको छ भने ओली पक्षले नेकपाको विधान विपरीत केन्द्रीय सदस्य विस्तार गरेर १५ सय १ सदस्यीय बनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक मान्यता र सूर्य चुनाव चिन्ह कसले पाउँछ? प्रधानमन्त्री केपी ओली र प्रचण्ड–माधवकुमार नेपाल पक्ष अलग(अलग भएपछि अहिले एकले अर्कोले आफूहरुले पाउने दावी गरिरहेका छन्।

यो पनि पढ्नुहोस्:

निर्वाचन आयोगले अध्यक्ष-महासचिव चिन्दैन, केन्द्रीय समितिको बहुमत हेर्छ

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्