प्रधानमन्त्रीको कुर्सीमा बस्ने ओलीका दिन सकिएः अष्टलक्ष्मी शाक्य

Ashta-Laxmi-Shakya
  • 331
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाकी नेतृ अष्टलक्ष्मी शाक्यले काम चलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले निम्त्याएको प्रतिगमन सडकबाट सच्याउने बताएकी छन्। काठमडौं जिल्ला भेलामा शाक्यले संसद विघटन गरेर तानाशाही बनेका ओलीलाई पनि घुँडा टेकाइने चेतावनी दिइन्।

उनले ओलीको प्रगिगमनविरुद्ध काठमाडौं तातिसकेकोले अब आन्दोलन नसेलाउने पनि बताइन्। ‘काठमाडौं तात्दै तात्दैन, तातेपछि सेलाउँदैन। ओलीको प्रतिगमनविरुद्ध काठमाडौं तातिसक्यो अब परिवर्तन भएर छाड्छ,’ उनले भनिन्, ‘हिजो पनि निरंकुशविरुद्ध लडेका हौं। शासकलाई घुँडा टेक्न बाध्य पारिएको हो। अब केपी ओली तानाशाहले पनि घुँडा टेक्नुपर्छ।’

पार्टीमा तानाशाही प्रवृत्ति भन्दा पनि कामको उचित मूल्यांकन गर्ने प्रवृत्ति विकास गर्नुपर्ने शाक्यले बताइन्। अहिले ओलीले लोभलालच देखाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर पार्ने काम गरिरहेको उनको भनाई छ। ओलीमा कम्युनिस्ट आचरण एक रत्ति पनि नभएको आरोप शाक्य लगाइन्।

उनले अब ओलीलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाउने बेला भइसकेको बताइन्। ओली सत्ताबाट झर्न धेरै समय नभएको उनको ठहर छ। उनले भने, ‘आन्दोलन निर्णायक बिन्दुमा पुग्न धेरै बेर लाग्दैन। ओली पदबाट झर्नैपर्छ। त्यो दिन धेरै छैन।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्