विप्लव नेकपाका नेता धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ

dharmendra_bastola_wq2KBWJS1N
  • 13
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता धमेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको छ। ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनी समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन्।

सो पार्टीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका बाँस्तोलासहित प्रकाश शाही, बिबेक कुमाल र विश्वाशलाई प्रहरीले गिरफ्तार गरेको छ। विप्लव नेकपाका गतिविधिलाई सरकारले प्रतिबन्ध लगाएको छ भने प्रहरीले धरपकड गर्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्