बिहीबार प्रज्ञामा संवैधानिक अन्तरक्रिया, को–को छन् वक्ता ?

Program intellectual
  • 333
    Shares
लोकपाटी न्यूज

काठमाडौं, १ माघ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट बुद्धिजीवीहरुको नेपाल बुद्धिजीवी संगठनले बिहीबार दिउँसो काठमाडौंमा संवैधानिक अन्तरक्रियाको आयोजना गरेको छ। संगठनले बिहीबार दिउँसो २ बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष अन्तरक्रियाको आयोजना गरेको हो।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनको संवैधानिक औचित्य, राजनीतिक प्रतिगमन, राजनीतिक र संवैधानिक निकास लगायतका केन्द्रीत रहेर अन्तरक्रिया हुने संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार अन्तरक्रियामा पूर्वन्यायाधीश, संविधानविद र नेताहरुले सम्वोधन गर्नेछन्।

कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, केन्द्रीय सदस्य एवं पूर्वराजदूत टंक कार्की, सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्रलाल दास, संविधानसभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा, संविधानविद डा. चन्द्रकान्त ज्ञवाली लगायतले बोल्नेछन्। त्यस्तै अन्तरक्रियामा प्रा.डा. रमेश भट्टराई, प्रा.डा. इन्दु आचार्य र अधिवक्ता उपेन्द्र पौडेलले टिप्पणी गर्ने संगठनका सहसंयोजक कृष्ण केसीले जानकारी दिए।

प्रतिनिधि सभा बिघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा गरिएको यस प्रकारको अन्तरक्रियालाई महत्वका साथ हेरिएको छ। कार्यक्रममा वामपन्थी बुद्धिजीवीहरुको उपस्थिति रहने छ।

Intellecual invitation

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्