‘राजावादीकाे भाेटले केपी ओलीले चुनाव जितेका हुन्’

pic
लोकपाटी न्यूज
0 Shares

सुनसरी। पूर्वराज्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीको भोट प्राप्त गरी चुनाव जितेको बताएकी छन्।

मंगलबार अखिल नेपाल महिला संघ (अनेम संघ) सुनसरीले रामधुनीमा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै चौधरीले यस्तो बताएकी हुन्।

चौधरीले भनिन्, ‘प्रतिनिधिसभाको चुनावमा झापाबाट केपी ओलीले कम्युनिष्ट कार्यकर्ताको भोटबाट चुनाव जितेका हुन्? होइन राजावादीको भोटले जितेका हुन्।’
प्रधानमन्त्री ओलीलाई पूर्व राजाहरुसँग तुलना गर्दै उनले ‘श्री ५’ को संज्ञा दिइन्।

ओली कम्युनिष्ट चरित्रको व्यक्ति नभएको भन्दै उनले भनिन्, ‘केपी ओलीलाई हाम्रो पार्टीका ३२१ जना केन्द्रीय सदस्यले हस्ताक्षेर गरेर कारवाही गरी सकिएको छ। ओलीलाई ‘कमरेड’ भन्नुपर्दैन, म भन्दिनँ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्