‘सरकारबाट सामाजिक र राजनीतिक अधिकारमाथि प्रहार भइरहेको छ’

Prachanda_Madhab
  • 34
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनीहरुले थारु, मगर, छन्त्याल लगायतका समुदायहरुले आफ्नो मौलिकता अनुसार मनाउने माघी, माघेसंक्रान्ति र माघेसकरातीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका हुन्।

नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको बताएका छन्। माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा आज संयुक्त शुभकामना सन्देश जारी गर्दै प्रचण्ड र नेपालले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली जनताको आपसी एकताबाट पैदा भएको परिवर्तनकामी सोचका कारण नेपालमा सामाजिक र राजनीतिक परिवर्तन सम्भव भएको हो। तर, नेपाली जनताको बलिदानी पूर्ण संघर्षबाट प्राप्त सामाजिक र राजनीतिक अधिकारमाथि सरकारबाट प्रहार भइरहेको छ।’

उनीहरुले माघे संक्रान्तिको अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि एकजुट भएर अगाडि बढ्न आदिवासी जनजातिलगायत सम्पूर्ण जनसमुदायमा विज्ञप्तिमार्फत् अपीलसमेत गरेका छन्। नयाँ वर्षको आगमनको रुपमा मनाइने यो पर्व सामाजिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षा अपनाएर आफ्ना परिवारका सदस्यहरु माझ हर्षोल्लासपूर्वक मनाउन आग्रह गरेका छन्।

Maghi_Suvakamana-077-10-01

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्