लायन्स क्लवले गर्‍यो यात्रु प्रतिक्षालयको शिलान्यास

pic
  • 30
    Shares
लोकपाटी न्यूज

काठमाडौं। लायन्स क्लव अन्तरास्ट्रिय डिष्ट्रीक ३२५ बी २ एरिया नम्बर १ ले कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ मुलपानी क्रीकेट रङ्गशाला पछाडी यात्रु प्रतिक्षालयको शिलन्यास गरेको छ। बुधबार लायन्स क्लव अन्तराष्ट्रीयका जन्मदाता मेल्भीन जोन्सको जन्मदिनको अवसर पारेर सो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरी थापा र एरिया चिफ लायन अमर ज्योति रन्जितले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए। ३२५ बी टु ले आफ्नो ७ वटै एरियामा एकै साथ प्रतिक्षालय स्थापनाको बुधबार भएको सो कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख थापाले लायन्स जस्तो पवित्र सामाजिक सेवा गर्ने संस्थाले आफ्नो पालिकामा प्रतिक्षालय स्थापना गर्ने भएको हुँदा सम्पुर्ण नगरबासिको तर्फबाट उक्त कदम प्रति आभार प्रकट गरेका थिए।

त्यसै गरी लायन अमर ज्योती रन्जितले सार्वजनिक सम्पतिको शिलन्यास गर्न पाउँदा आफुलाई खुसी लागेको साथै निरन्तर रुपमा सामाजिक सेवाका कार्यहरुलाई अगाडि बढाउने दृढ अठोट व्यक्त गरेका थिए।

अग्रज लायन्सहरुको विशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा लायन कुश प्रसाद मल्ली (डिष्ट्रीक कोर्डिनेटर), लायन विश्व खनाल (डिस्ट्रीक्ट डिपार्टमेन्ट चिफ), लायन अमर बहादुर श्रेष्ठ ( डिष्ट्रीक कोर्डिनेटर) ,लायन बिनय बस्नेत( इभ्यालुएशन हेड ), बिदुर ढुंगाना (डिष्ट्रीक कोर्डिनेटर ) ,लायन सरोजनि पिया एरिया सचिव लगायत अन्य थुप्रै क्लव अध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थितिमा सोही कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्