सशस्त्र प्रहरी बल नेपाल बर्दियाको सक्रियता : अवैध सामान बरामद

pic
  • 36
    Shares
लोकपाटी न्यूज

बर्दिया। सशस्त्र प्रहरी बल नेपाल बर्दियाको सक्रियतामा अवैध सामान बरामद गरिएको छ। भारतका विभिन्न नाकाबाट नेपाल भित्राउदै गरेको अवस्थामा बुधबार अबैध चोरी, तस्करीका सामान नियन्त्रणमा लिइएको हो।

सशस्त्र प्रहरी बल नेपालको सीमा इलाकामा हुने अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले  कपडा, किराना सामान  र अन्य विविध सामानहरु बरामद गरेको हो।

जिल्लाको विभिन्न स्थानमा खटिएको टोलीले भारतबाट चोरी तस्करी गरी नेपाल भित्र्याउदै गरेको एका नब्बे हजार आठ सय असी बराबरको अवैध मालसामान बरामद गरिएको छ। उक्त सामान आवश्यक कार्बाहीको लागि भन्सार कार्यालयमा बुझाईएको एसपी नरबहादुर रावतले बताए।