टाटाको कम्प्याक्ट ट्रक ‘इन्ट्रा भी २०’ बिक्री सुरु

  • 20
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले स्मार्ट कम्प्याक्ट ट्रक टाटा इन्ट्रा भी२० को नेपालमा बिक्री सुरु गरेको छ । टाटा मोटर्सको प्रिमियम टफ डिजाइन सिद्धान्तमा बनेको यो ट्रकले सुरक्षित र आरामदायी यात्रा अनुभवका साथै शक्तिशाली कार्यक्षमता र उत्पादकत्व वृद्धि गर्ने कम्पनीले बताएको छ ।

आधुनिक डिजाइनमा बनेको क्याबिनभित्र ओहोरदोहोर गर्न सहज ठाउँ, सुविधासम्पन्न आरामदायी सिट र आधुनिक डिजिटल क्लस्टर पनि छ । साथै, ड्यास बोर्डमा माउन्ट भएको गियर लिभरले लामो समयको यात्रामा पनि सजिलो एंव थकानमुक्त महसुस गराउने दाबी कम्पनीको छ । ११ सय केजीको अधिकतम् भार वहन क्षमता, सर्वोत्कृष्ट माइलेज र मजबुत इन्जिन, गियर बक्स, क्राउन र च्यासिस भएको यो कम्प्याक्ट ट्रक न्यून सञ्चालन खर्चमा सवारीधनीलाई अधिकतम मुनाफा हुने गरी निर्माण गरिएको कम्पनीले जनाएको छ । टाटा इन्ट्रा भी २० मा १.४ लिटर क्षमताको डिजल इन्जिन रहेको छ । टाटा मोटर्सका व्यावसायिक गाडी नेपाली ग्राहकको रोजाइमा परेकाले निरन्तर नयाँ–नयाँ मोडल नेपालमा बिक्री गरिने इन्टरनेसनल बिजनेस, कमर्सियल भेहिकल्स बिजनेस युनिट, टाटा मोटर्सका उपाध्यक्ष रुद्ररुप मैत्राले बताए ।

सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष सिद्धार्थशमशेर जबराले टाटा मोटर्ससँगको सहकार्यले बितेका केही दशकमा बजारमा सर्वश्रेष्ठ सवारी साधन सफलतापूर्वक उपलब्ध गराउन सकिएको बताए । उनले टाटा इन्ट्रा भी२० मा उत्कृष्ट कार्यक्षमता, किफायती र उच्च प्रभावकारिता रहेको जानकारी दिए । नेपाली बजारमा टाटा इन्ट्रा भी २० को सुरु मूल्य १९.७५ लाख पर्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्