लुम्बिनीमा आन्दोलन थप चर्काउने नेकपाको निर्णय

Prachanda_Nepal
  • 214
    Shares
लोकपाटी न्यूज

बुटवल। नेकपा लुम्बिनी प्रदेश कमिटीले संसद विघटनविरुद्ध आन्दोलन थप सशक्त पार्ने निर्णय गरेको छ। प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीको अध्यक्षतामा प्रदेश कार्यालय बुटवलमा बसेको बैठकले आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको हो।

प्रदेश कमिटीका सचिव जगप्रसाद शर्माका अनुसार बैठकले १५ माघमा बुटवलमा सभा गर्ने निर्णय पनि गरेको छ। बुटवलमा हुने कार्यक्रममा पार्टीका अध्यक्षद्वय प्रचण्ड र नेपालले सम्बोधन गर्ने उनले जानकारी दिए। बैठकमा पार्टीका प्रदेश इन्चार्ज युवराज ज्ञवालीसहितका नेताहरूको उपस्थिति थियो।

बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका क्रममा माघ २ मा वडा तहमा र माघ ५ मा पालिका तहमा प्रदर्शन गर्ने निर्णय पनि गरेको छ। त्यस्तै, माघ १० मा जिल्ला सदरमुकाम र मुख्य सहरमा प्रदर्शन गर्ने कार्यक्रमसमेत तय गरिएको सचिव शर्माले जानकारी दिए। बैठकले पार्टीको मूलधारबाट विचलित भएकालाई पार्टी काममा फर्कन आह्वान गरिएको शर्माले बताए।

यसैबीच, बुधबार रूपन्देही जिल्ला कमिटीको बैठक पनि सम्पन्न भएको छ। बैठकमा पार्टीका प्रदेश इन्चार्ज युवराज ज्ञवाली, अध्यक्ष ओनसरी घर्तीलगायत नेताले सम्बोधन गरेका थिए। जिल्ला कमिटीले पनि आन्दोलनका कार्यक्रम अझ बढी प्रभावकारी बनाउने निर्णय गरेको सो पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्