ओलीको निर्देशनमा लोकतन्त्रविरोधीहरु सक्रिय हुँदैछन्ः योगेश भट्टराई

yogesh-bhattarai
  • 419
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता योगेश भट्टराईले हिजो लोकतन्त्रविरुद्ध बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीको पक्षमा बहस गरिरहेका बताएका छन्।

लोकतन्त्र र लोकतान्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु नै आज प्रधानमन्त्री पक्षमा बहस गर्न लागेका भन्दै भट्टराईले देशमा के भइरहेको छ भनि प्रश्न गरे।

आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलहरु भने प्रधानमन्त्री कदमको विपक्षमा लागेको उनले सामाजिक सञ्जालमार्फत भनेका छन्।

उनले लेखेका छन्, ‘हिजो लोकतन्त्रकाविरुद्ध र लोकतन्त्रवादीहरुलाई जेल पठाउन बहस गर्ने वकिलहरु आज प्रधानमन्त्रीका पक्षमा बहस गर्दैछन्।’

उनले अगाडि भनेका छन्, ‘अर्कातिर हिजोदेखि आजसम्म लोकतन्त्रका पक्षमा र आन्दोलनकारी नेता र कार्यकर्तालाई जेलबाट छुटाउन बहस गर्ने वकिलजति सबै आज प्रधानमन्त्रीको कदमका विपक्षमा! देशमा के हुँदैछ ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्