बोनस सेयरसहित मेगा बैंकको लाभांश पारित

megha-bank
  • 268
    Shares
लाेकपाटी न्यूज

काठमाडौं। मेगा बैंक नेपालले सेयरधनीहरुका लागि बोनस सेयरसहित १३.०५ प्रतिशत लाभांश पारित गरेको छ । काठमाडौंमा बुधबार सम्पन्न बैंकको १०औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/०७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३।०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैयाँ लाभांश पारित गरेको हो ।

त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैयाँ ६१ पैसा बोनस सेयर र ३।०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैयाँ नगद लाभांश साधारणसभाले पारित गरेको छ । सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो ।

यसैगरी मर्जर र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र सेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैयाँले वृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ पुगेको छ । यसैगरी, खुद कर्जा ८ अर्ब रुपैयाँले वृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्