काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार माघ महिनाको पहिलो दिन आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको हो।
महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ रहेको छ भने तेजावी ९१ हजार १ सय रुपैयाँ रहेको छ। त्यस्तै चाँदी तोलाको १ हजार २४५ रुपैयाँ तोकिएको छ। चाँदी प्रतितोला १५ रुपैयाँले बढेको हो।