आजबाट अन्तरबैंक एटीएम कारोबारमा शुल्क लाग्ने

ATM pic
लोकपाटी न्यूज

काठमाडौं । कोभिड–१९ को असहज परिस्थितिमा अन्तरबैंक एटीएम कारोबार निःशुल्क गरिएकोमा माघ १ गतेदेखि शुल्क लागू भएको छ । जसअनुसास नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ शुल्क निर्धारणसमेत गरेको छ ।

राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले गत बिहीवार परिपत्र गर्दै एटीएम प्रयोगकर्ताले जुनसुकै बैंकबाट मासिक २ पटकसम्म नगद झिक्दा निःशुल्क र यसपछि प्रतिकारोबार अधिकतम रू २० सम्म शुल्क लिन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन-२०७७ मा संशोधन गर्दै माघदेखि कार्यान्वयन गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकले उक्त शुल्क बैंक तथा वित्तीय संस्थाहरूले यसअघि निर्धारण गरेको आधारमा छलफल गरेर औसतभन्दा कम हुनेगरी अहिलेको शुल्क निर्धारण गरेको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए । उनका अनुसार बैंकहरूलाई मर्का नपरोस् भनेर सबैलाई एकरूपता हुनेगरी शुल्कको सीमा तोकिएको हो ।

यसअघि आर्थिक वर्ष ९आव० २०७७/७८ को मौद्रिक नीतिले कोभिड–१९ को असर रहेसम्म एक संस्थाको एटीएम कार्ड संस्थाको एटीएम प्रयोगमा अर्थात् अन्तरबैंक एटीएम कारोबारमा शुल्क नलाग्ने व्यवस्था गरेको थियो ।

तर, बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरूले बन्दाबन्दी खुकुलो भएको, आवतजावा सहज हुँदै गएको र बैंकका शाखाहरू खुलेको भन्दै साउन १ गतेदेखि अन्तरबैंक एटीएम शुल्क लिने घोषणा गरेका थिए । बैंकरहरूले भने सधैं निःशुल्क गर्दा बैंकको लागत धेरै बढ्ने भएकाले नसकिने गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्