काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केपी शर्मा ओली समूहको स्थायी कमिटी बैठक जारी छ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुबाटारमा बसिरहेको हो।
ओली पक्षको स्थायी कमिटी बैठक पहिलो पटक बसेको हो। केन्द्रीय कमिटी बैठकपछि ओली पक्षको पहिलो स्थायी कमिटी बैठक बिहान ११ बजेदेखि जारी रहेको एक स्थायी कमिटी सदस्यले बताए।
नेकपाका ४५ जना स्थायी कमिटी सदस्यमध्ये ओली पक्षका १६ जनामात्रै स्थायी कमिटी सदस्य छन्। यता नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक पनि आजै बस्दैछ। बैठक दिउँसो ३ बजेका लागि पेरिसडाँडामा बोलाइएको छ।