प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक पेरिसडाँडामा : यी विषयमा हुँदैछ छलफल

Prachanda_Nepal
  • 35
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै छ। पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने भएको हो।

आजको बैठकमा संसद् विघटनविरुद्ध संघर्षका कार्यक्रमबारे समसामयिक विषयमा छलफल हुने बताइएको छ। यसअघि उक्त समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो।