अहिलेसम्मकै ठूलो आईपीओ भोलिबाट खुल्दै, कति कित्तासम्म भर्न पाइन्छ?

  • 1K
    Shares
लाेकपाटी न्यूज

काठमाडौं । भोली (माघ २ गते) नेपाल इन्फ्रास्टक्चर बैंक लिमिटेडको आईपीओ खुल्ने भएको छ। यो आईपीओ नेपालको इतिहासकै ठूलो आईपीओ हुने भएको छ। बैंकले भोलिदेखि कूल ८ अर्ब रुपैयाँ रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
बैंकले प्रतिकित्ता एक सय रुपैयाँदरको ८ करोड कित्ता सेयर निष्काशन गर्ने छ ।जसमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि छुट्याईएको छ। यो कुल सेयरको ०.२ प्रतिशत हो। त्यस्तै ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि छुट्याइएको छ । र, बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटललाई तोकिएको छ। । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने छ । यससँगै इच्छुक सर्वसाधारणले छिटोमा माघ ६ गतेसम्ममा आवेदन दिन पाउने छन् ।

नेपाल धितोपत्र बोर्डले बैंकलाई गत पुस १० गते सो मात्राको आईपीओ निष्काशन गर्न स्वीकृति दिएको थियो। यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने बैंक नै पहिलो कम्पनी बनेको छ।

सबैभन्दा ठूलो आकारको आईपीओ भएकाले यो कम्पनीमा लगानी गर्ने सबैले बैंकको सेयर हात पार्ने अधिक सम्भावना रहेको छ। आईपीओमा धेरै आवेदन पर्दा पनि प्रतिआवेदक ७० कित्तासम्म सेयर पाइने सम्भावना भएको जानकारहरु बताउछन्। त्यसैले, यसमा प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम ७० कित्तादेखि १०० कित्तासम्मका लागि आवेदन दिँदा उचित हुने उनिहरुको विश्लेषण छ।

बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।

आईपीओ निष्काशनका लागि बैंकले क्रेडिट रेटिङ्ग पनि गराइसकेको छ। इक्रा नेपालले बैंकलाई ‘इक्राएनपी आईआर त्रिपल बी’ रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तयि अवस्था मध्यम रहेको, समयमै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्