पूर्वराज्यमन्त्री यादवको निधन

dinesh_yadav-
  • 14
    Shares
लोकपाटी न्यूज

बाँके। पूर्व राज्यमन्त्री तथा भूमिसम्बन्धी समस्या समाधान आयोगका केन्द्रीय सदस्य दिनेशचन्द्र यादवको निधन भएको छ। उनको काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिबार बिहान निधन भएको हो।

कोरोना सङ्क्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको हो। पछिल्लो समय उनमा कोरोना नेगेटिभ भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। मिर्गौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको पारिवारीक श्रोतले जनाएको छ।

उनको शव स्थलमार्गबाट नेपालगञ्ज ल्याइँदैछ। शुक्रबार नेकपाको कार्यालयमा श्रद्धाञ्जलीसभा गरी उनको घर नरैनापुरमा अन्तिम संस्कार गरिने भएको छ। यादव २०७० सालको संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्