ओली, सुवास र अग्निकाे भिडियाे भाइरल छन्, देख्नुभाे नि यिनीहरु कति अनैतिक छन् : माधव नेपाल

madhav kumar nepal
  • 1.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ, महान्यायाधिवक्ता अग्नि खरेल अनैतिक भएको बताएका छन्।  नेपाल बुद्धिजीवी संगठनको आयोजनामा काठमाडौंमा भएको राजनीतिक एवं संवैधानिक अन्तक्र्रियामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम संवैधानिक हो कि होइन भन्ने विषयमा बहस चलिरहँदा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ र तत्कालीन एमालेका प्रमुख सचेतक अग्नि खरेलको बेग्लाबेग्लै भिडिओ सार्वजनिक भएको थियो।

उनले भिडियोमा विभिन्न विकल्पमा नगई संसद् विघटन गर्न नसकिने व्यवस्था संविधानले गरेको अभिव्यक्ति दिएका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा खरेलले भनेका छन्, ‘बहुमत भयो ठीक छ। दुई पार्टी मिले त्यो पनि ठीक छ।

दुई पार्टी मिलेन, ठूलो दलले पनि सरकार गठन गर्न सकेन। अब कहाँ जाने त ? एकैपटक संसद् विघटन गर्ने ? दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन सक्छन् भने फेरि मौका दिने। फेरि मौका दिँदा पनि तीस दिनभित्र विश्वासको मत हासिल गर्न सकेन भने त्यहाँनेर मात्रै चुनाव हुने अवस्था संघीय सरकार, संघीय संसद् र प्रादेशिक संसद्को हकमा पनि त्यही व्यवस्था गरेका छौँ।’

नेता नेपालले देशभर जहाँसुकै गएपनि पार्टीमा ओलीको बहुमत कहीँ पनि नभएको दावी गरे। नेता नेपालले भने, ‘पार्टीको विधानमा बहुमतको निर्णय पार्टीको निर्णय हुने भनिएको छ तर केपी ओलीले बहुमत मान्नुहुन्न, मेरो निर्णय पार्टीको निर्णय हो भन्नुहुन्छ। विधानले व्यक्ति संगठनको मातहतमा हुन्छ र संगठन बहुमतको मातहतमा हुन्छ भनेको छ।’ आगामी वैशाखमा चुनाव गर्ने ओलीको उद्देश्य र चाहना नभएको नेता नेपालले बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्