केयूमा योग्य र अनुभवि व्यक्ति नियुक्त गर्न डा. केसीको माग

Dr. govinda kc
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। प्रा.डा. गोविन्द केसीले काठमाडौं विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रियाप्रति ध्यानाकर्षण भएको बताएका छन्।  उपकुलपति नियुक्तिका लागि तीन दर्जन बढी आवेदन परेको भन्दै उनले निष्पक्ष र न्यायोचित गर्न माग गरेका हुन्। उनले विज्ञमध्येबाट योग्यता र अनुभवका आधारमा नियुक्त गर्न माग गरेका छन्।

‘पछिल्लो समय उपकुलपति नियुक्तिका लागि सर्च कमिटीले प्रक्रिया अघि बढाएको तथा सो पदका लागि तीन दर्जनभन्दा बढी आवेदनहरु परेको अवस्थामा नियुक्ति प्रक्रिया निष्पक्ष र न्यायोचित हुनु पर्दछँ, डा. केसीले भनेका छन्, ‘त्यसका लागि विज्ञहरुबाट सबै उम्मेदवारको योग्यता र अनुभवदेखि भिजनसम्मको मूल्यांकन गरेर मात्रै नियुक्तिका लागि सिफारिस गरिनुपर्दछ।’

डा. केसीले मेडिकल शिक्षा नियमनमा विगतका वर्षमा देखिएको अनियमितता र बेथितिको अन्तय गर्न योग्य व्यक्ति नियुक्त गर्नुपर्ने उनको भाग छ। डा. केसीले पछिल्लो सत्याग्रहमा भएका सम्झौता समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी काम गर्न माग गरेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्