चुनाव मतादेश हो, जनादेश होइन : प्रा.डा. आचार्य

indu
  • 46
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्राध्यापक डा इन्दु आचार्यले अहिलेको राजनीतिक संकटको निकास निर्वाचन मात्र नभएको बताएकी छन्। नेपाल बुद्धिजीवी संगठनको राजनीतिक एवं संवैधानिक अन्तरक्रियामा आचार्यले राजनीतिक संस्कृतिको विकाश नहुँदासम्म निर्वाचनले मात्र समाधान दिन नसक्ने बताइन्।

प्रधानमन्त्रीस्तरबाट चुनावमा जान डराउनेहरू विरोधमा उत्रिरहेको भनेर आइरहेका प्रतिक्रिया सत्य नभएको उनले बताइन्। चुनाव मात्र लोकतन्त्रको गुण भएको जस्तो व्याख्या नगर्न आचार्यले आग्रह गरिन्। चुनावले प्रतिनिधि मात्र छनोट गर्ने, तर राजनीतिक संस्कारको विकाश गर्न नसक्ने उनको भनाई छ।

‘चुनाव जान डराउने कुरा आएको छ। चुनावमा जान डराउने कुरा हुँदैन,’ उनले भनिन्, ‘चुनाव मात्र लोकतन्त्रको गुण होइन। चुनाव मात्र पनि लोकतन्त्र हुँदैन। जनमतमा जाने, चुनाव गराउने हुन्छ। तर राजनीतिक संस्कारको विकाश नहुने हो भने चुनावले मात्र लोकतन्त्र बलियो हुँदैन। राजनीतिक संस्कार पनि चाहिन्छ। हामी कहाँ राजनीतिक संस्कार छैन।’

नेपालमा राजनीतिक संस्कारको विकाश हुन नसक्दा अस्थिरता निम्तिने गरेको उनले बताइन्। राज्यले अवलम्बन गरेको व्यवस्था आफैमा नराम्रो नहुने उनको तर्क छ। ‘तर प्रमुख विषय राजनीतिक संस्कार हो। यो भएन भने कुनै पनि व्यवस्था सबल हुन सक्दैन,’ उनले भनिन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्