अदालतले संसद् पुनर्स्थापना गर्छ, तर ओलीले अदालतको फैसला नमान्न सक्छन् : नारायणकाजी श्रेष्ठ

Narayan_Kaji_Shresth
  • 1.1K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संसद् पुन स्थापन गर्नेमा दुबिधा नरहेको बताएका छन्। नेपाल बुद्धिजीवी संगठनको अन्तरक्रियामा प्रवक्ता श्रेष्ठले संविधान अनुसार फैसला गर्दा सर्वोच्च अदालतले यता उता जना सक्ने ठाउँ नरहेको बताएका हुन्।

‘सामान्य अवस्थामा संसद् विघटन भएको छ। त्यो सर्वोच्च अदालतमा गएको छ,’ उनले भने, ‘संविधान अनुसार फैसला गर्दा यता उता जना सक्ने ठाउँ छैन। असंवैधानिक घोषणा खारेज हुने र संसद् सुचारु हुने दुबिधा रहित ढंगले प्रस्ट छ।’ तर अहिलेको मुख्य विषय संविधानलाई कसरी कायम राख्ने भन्ने रहेको प्रवक्ता श्रेष्ठले बताए।

केपी ओलीको संसद् विघटनको प्रतिगामी कदमले समग्र प्रतिगमनको आधार तयार पारेर ऐतिहासिक राजनीतिक परिवर्तन उल्ट्याउन सक्ने खतरा रहेकोले नेपाल कम्युनिस्ट पार्टी नेकपा सडक संघर्षमा रहेको उनले स्पष्ट पारे। अहिलेको संविधान नै खाइदिने दिशामा ओलीको प्रतिगामी कदम केन्द्रित रहेको उनको भनाई छ। त्यसकारण नेपाली जनताले आफूले संघर्षबाट स्थापित गरेका राजनीतिक परिवर्तन र संविधानको रक्षा गर्न सक्षम रहेको फेरि संघर्षबाट पुष्टि गर्नुपर्ने बेला आएको उनले बताए।

उनले भने, ‘प्रतिगामी कदम समग्र प्रतिगमनको आधार तयार पार्दै ऐतिहासिक राजनीतिक परिवर्तनलाई उल्ट्याउने र यो संविधानलाई समग्रमा खाइदिने दिशा तिर लैजाने काम हुन्छ की चिन्ता त्यो हो। नेपाली जनताले त्यसो गर्न सक्दैन भन्ने सफलता प्राप्त गरियो भने यो संविधान कायम रहने भयो। यो संविधान काय गर्ने हो भने सर्वोच्च अदालतले यो घोषणा खारेज गरिदिए भयो। होइन भने नेपाली जनता लोकतन्त्रको रक्षा गर्न सक्षम भनेर संघर्षबाट देखायो भने संविधान कायम हुने ठाउँमा पुग्छ। संविधान कायम हुनु भनेको यो घोषणा खारेज हुन्छ।’

नभए अहिलेको अवस्थामा संविधानको धारालाई हेर्दा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको घोषणालाई खारेज गर्ने र प्रतिनिधिसभालाई सुचारु गर्ने स्वतः स्पष्ट रहेको उनले बताए। यसमा संविधानको व्याख्याको आवश्यकता नै नरहेको उनको भनाई छ। श्रेष्ठले केपी ओलीमा प्रवृत्ति गैरकम्युनिस्ट, गैरलोकतान्त्रिक, सर्वसत्तावादी व्यक्तिवादी प्रवृत्ति विकसित भएको दाबी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्