नेकपाका सात लाख पार्टी सदस्य प्रचण्ड-नेपालकाे पक्षमा छन् : डा. दिनेशचन्द्र देवकाेटा

Dr. Dinesh Chandra Devkota
  • 16.8K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। नेपाल बुद्धिजीवी संगठनका संयोजक डा.दिनेशचन्द्र देवकोटाले नेकपाका सात लाख पार्टी सदस्य प्रचण्ड-नेपाल समूहमा रहेको बताएका छन्। काठमाडौंमा बिहीबार नेपाल बुद्धिजीवी संगठनको राजनीतिक एवं संवैधानिक अन्तरक्रियामा बोल्दै डा.देवकोटाले नेकपाका आठ लाख पार्टी सदस्यमध्ये सात लाख प्रचण्ड-नेपालको पक्षमा रहेको बताएका हुन्।

पार्टीले पार्टी एकता प्रक्रियालाई चाडै टुङग्याउनुपर्ने भन्दै उनले पार्टीलाई गतिशिल र प्रदेशलाई व्यवस्थीत गर्नु पर्नेमा जोड दिए। डा.देवकोटाले पार्टी एकतालाई टुङग्याउदै जनसंघर्षमा जुट्न आग्रह गरे।

उनले भने,‛ नेकपा हिजोको माओवादी केन्द्र र हिजोको नेकपा एमालेको धङधङीबाट बाहिर उठेर उभार ल्याउने, र हिजोको झ्याङगिएको झारलाई बाहिर फ्याकेर पार्टी फेरि माक्र्सवादी दृष्टिकोणमा, द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणमा,जनताको पक्षमा उभिने गरी जानुपर्छ।’

डा.देवकोटाले माक्र्सवादी दृष्टिकोणमा, द्धन्द्धात्मक भौतिकवादी दृष्टिकोणमा,जनताको पक्षमा उभिने गरी पार्टी अगाडि जाने सम्भावना देखिएको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्

  • किन सात लाख मात्र सात लाख उनान्सय हजार नौ सय उनान्सय भन्दासम्म मान्नै पर्यो यत्रा बुद्धिजीवीले भनेपछि। तर म चाँहि अबसरवादी,पदलोलुप,पार्टी र कम्युनिष्ट आन्दोलनलाई रसातलमा पुर्याउनेहरुको पक्षमा छैन है।