पिएसजीका प्रशिक्षकलाई कोरोना

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
  • 8
    Shares
लोकपाटी न्यूज

काठमाडौं। फ्रेन्च लिग वान फुटबल क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) का प्रशिक्षक माउरिसिओ पोकेतिनो कोरोना भाइरसबाट संक्रमित भएका छन्। कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेशनमा गएका पोकेतिनोले लिगमा अबका दुई खेल गुमाउने भएका छन्।

पोकेतिनो जनवरीको सुरुमा पिएसजीको प्रशिक्षकको रुपमा अनुबन्दित भएका हुन्। त्यसअघि उनी टोटनह्यामको प्रशिक्षक थिए। गत बुधबार पोकेतिनोले प्रशिक्षकका रुपमा पिएसजीबाट मात्रै तेस्रो खेलमै आफ्नो प्रशिक्षकण कालको पहिलो उपाधि जितेका थिए। कोरोना भाइरसको संक्रमण मुक्त नहुन्जेल पोकेतिनोको स्थानमा उनका सहयोगीहरुले जिम्मेवारी सम्हाल्ने छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्