केपी ओलीको नाम खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो : गगन थापा

Gagan thapa
  • 9.4K
    Shares
लोकपाटी न्यूज

ललितपुर। नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले प्रधानमन्त्री एवं ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)  का अध्यक्ष केपी ओलीले लगातार झुट बोलेको आरोप लगाएका छन्। प्रधानमन्त्रीले एक गल्ती ढाकछोप गर्न पटक पटक झुट बोलेको आरोप लगाए।

नेपाली कांग्रेसले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न ललितपुर पुगेका नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम खड्गप्रसाद ओली नभइ कीर्तेप्रसाद ओली राख्नुपर्ने बताए।

थापाले भने, ‘केपी ओलीको नामको पूरा रुप अब खड्गप्रसाद ओली होइन, कीर्तेप्रसाद ओली हो ।’ साथै नेता थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले पनि एकपछि अर्को कीर्ते काम गरेको आरोप लगाए। थापाले प्रधानमन्त्रीले प्रचण्ड–नेपाल समूहलाई हेप्दाहेप्दै संविधानलाई नै हेपेको पनि आरोप लगाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्