संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको छ : मन्त्री पौडेल

Bishnu_Paudel
लोकपाटी न्यूज
0 Shares

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी गरेका छन्। ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन्। उनले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए।

देशले कुनै विषयमा निर्णय गर्न सकेन भने जनतामा जानुपर्ने बताए। फरक प्रसङमा मन्त्री पौडेलले कोभिड-१९ विरुद्धको खोप ल्याउने तयारी गरेको बताए। विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सबै नेपालीलाई निस्शुल्क रुपमा खोप उपलब्ध गराउने उनले बताए ।

मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्