ओलीको प्रश्न : जनता जोक्समै रमाउँछन् त मेरो के दोष ?

KP sharma Oli
  • 1.3K
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मान्छे हसाउने जोकर भन्दै नेताहरुले दिएको अभिव्यक्तिमाथि टिप्पणी गरेका छन्। प्रदेश नम्बर १ का कार्यकर्ता भेलामा प्रधानमन्त्रीले आफूले राम्रो काम गरेर जनतालाई खुशी पार्दा किन जोकर भन्ने ? भन्दै प्रश्न गरे।

‘केपी ओलीले मान्छे हसाउँछ। हँसाएर हिँड्छ। के म मान्छे मार्दै, विधवा बनाउँदै हिडौं?,’ ओलीले प्रश्न गरेका थिए। आफूले देशका बालबालिका किशोर, बाआमाको अनुहारमा मुस्काउन ल्याएको उनको दावी थियो। सडकमा बालबालिका रहनुहँदैन भनेर काम गरिरहेको समेत उनले बताए। ‘रुवाउने पनि एक किसिमले हो र?, कसैको घर खोसेको छ, कसैको गाडी खोसेको छ। मारेर पनि रुवाएको छ। कुटेर पनि रुवाएको छ। अनि मैले हसाएँ भनेर पीर परेको छ,’ प्रधानमन्त्री ओलीले भने।

न्यायाधीश भेटेको छैन

प्रधानमन्त्री ओलीले आफूले अहिलेसम्म संसद विघटनको मुद्दामा रहेका कुनै पनि न्यायाधीशहरुलाई नभेटेको दाबी पनि गरेका छन्। त्यतिमात्र होइन, अहिलेसम्म नै न्यायाधीश नभेटेको र नचिनेकोसमेत दाबी गरे।

ती नाम गरेका न्यायाधीशहरुलाई कहिले पनि भेटेको छैन। कहिले पनि भेटेको छैन। यस पटक मात्र होइन कहिले पनि। सपना प्रधान मल्ललाई वकिल हुँदा कार्यक्रममा देखेको थिए। आफूले न्यायाधीश सपना प्रधान मल्ललाई न्यायाधीश हुनुअघि कार्यक्रममा भेटेको तर अन्य न्यायाधीशलाई आफूले सायद चिन्दा पनि नचिनेको बताएका छन्।

उनले सर्वोच्च अदालतमाथि पनि आक्रमण गरेर गलत परिपाटी स्थापित गर्न खोजिएको आरोप लगाएका छन्। प्रधानमन्त्री ओलीले आफूले प्रतिनिधिसभा विघटन गर्दा संविधानको धारा उल्लेख नगरिएको भन्दै विवाद झिक्न खोजिएको बताए। उनले प्रधानमन्त्रीले संविधानअनुसार नै विघटन गरेको बताउँदै प्रधानमन्त्रीले आफ्नो अधिकार प्रयोग गरेर विघटन गरेको दावी गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्