चितवन। शनिबारदेखि माडीको बसन्तपुरमा दोस्रो माडी गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ। बसन्तपुर युनाइटेड क्लबको आयोजनामा सुरु भएको राष्ट्रियस्तरको दोश्रो माडी गोल्डकप फुटबल प्रतियोगिता-२०७७ मा लेखनाथ युनाइटेड क्लब पोखराले विजयी सुरुवात गरेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा लेखनाथले हनामी एभरेष्ट क्लब चितवनलाई २/० गोलअन्तरले पराजित गरेको हो। खेलमा लेखनाथका रुपक लामा र अमित तामाङले १/१ गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच लेखनाथका अमित लामा घोषित भए। प्रतियोगिता अन्तरगत भोलि (आइतबार) दिउँसो २ बजे माडी-११ र बीरगन्ज युथ क्लबबिच प्रतिस्पर्धा हुने खेल तालिका रहेको छ। देशभरका ८ वटा टिम सहभागी उक्त प्रतियोगिता माघ १० गतेसम्म जारी रहनेछ।