योगेशसँग ओलीको गुनासो : बैगुनी केटो पुक्क लात्ताले हानेर भाग्यो

  • 80
    Shares
लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) युवा नेता योगेश भट्टराईलाई बैगुनी केटोको संज्ञा दिएका छन्। शनिबार काठमाडौंमा आयोजित प्रदेश १ का कार्यकर्ता भेलामा ओलीले योगेशको नाम नलिई ‘बैगुनी केटो’को संज्ञा दिएका हुन्

ओलीको प्रयासमा योगेशले निर्वाचन जितेको उल्लेख गर्दै बैगुनी केटाकेटीको बारेमा आफूलाई कुरा गर्न आवश्यक नरहेको पनि सुनाए। आफू दौडिएर गएर केटालाई जिताएर पठाउनु मन्त्री बनाएर पठाउँछु भनेको तर उसले पुक्क लात्तले हानेर भागेको बताएका हुन्।

‘म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्न। हाम्रै प्रदेशमा पनि त्यस्तै देख्या छ। दौडीदौडीकन गएर भोट मागेर, यो केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउँछु भनेँ, मन्त्री बनाएँ, गरियो गरियो, एक दिन त पुक्क लत्ता हानेर भाग्यो,’ ओलीले भने, ‘को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।’

ओलीले योगेशमाथि गरेको यो टिप्पणी अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। प्रतिनिधिसभाको निर्वाचनमा ओली तेह्रथुम पुगी योगेशलाई जिताउन आग्रह गरेका थिए। ओलीले त्यसबेला योगेशलाई मन्त्री बनाएर पठाउने प्रतिवबद्धतासमेत जनाएका थिए। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै योगेशले मन्त्री पदबाट राजीनामा दिएका थिए। यसैबारे प्रधानमन्त्री ओलीले युवाहरुले यस्तो गरेको भन्दै कार्यक्रममा दुखेसो पोखेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्