केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा : राजेन्द्र महतो

Rajendra-Mahato
  • 112
    Shares
लोकपाटी न्यूज

सर्लाही। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन्।  सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए।

प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागू गरेर देशलाई प्रतिगमनको दिशमा धकेलेको बताए। संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेसका जनतालाई विभेद गरेका ओलीले फेरि असंवैधानिक कदम चालेको आरोप लगाए। उनले लोकतान्त्रको रक्षाको लागि अब फेरि लड्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘पाँच वर्ष देश चलाउनका लागि मत दिएको थियो। प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेका छन्। जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले ठूल–ठूला आन्दोलिनबाट प्राप्त भएको उपलब्धिलाई हत्या गर्ने काम गरेका छन्।

ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दै छन्। अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो।’