‘गणतन्त्र, संघीयता जोगाउन नागरिक समाज र राजनीतिक दल एक भएर आन्दोलनमा आउनुपर्छ’

krishna-pahadi
  • 647
    Shares
लोकपाटी न्यूज

विराटनगर। मानवअधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको घटना असंवैधानिक मात्र नभएर प्रतिगमनको यात्रा भएको बताएका छन्। शान्ति समाज मोरङको शनिबार विराटनरमा भएको साधारणसभामा पहाडीले यस्तो बताएका हुन्।

वर्तमान संविधानको निर्माण मात्र नभएर गणतन्त्र र संघीयता जन्माउने स्वामीत्व नेपाली जनतामा भएकाले धरापको अवस्थाबाट जोगाउन प्रतिगमनविरुद्ध सबै राजनीतिक दल र नागरिक समाज एक भएर आन्दोलनमा आउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीको सनक र लहडमा भएको प्रतिनिधिसभा विघटनबाट सिंगो नेपाल खुसी हुन नसकेको उनले बताए। पहाडीले देश र संविधान खतरामा भएकाले राजनीतिक दल, पेसाकर्मी, अधिकारकर्मी र मानवअधिकारवादी सबै जाग्नुपर्ने वेला आएको बताएका थिए।

उनले प्रतिगमनको यात्रालाई अगाडि बढ्न नदिन प्रधानमन्त्री ओली मात्र नभएर ढुलमुले चरित्रका कांग्रेस सभापति शेरबहादुर देउवा र सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराहरूलाई खबदार भन्न आग्रह समेत गरे।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्